सुदुरपश्चिमका ३५२ मतदान स्थल अति संवेदनशील र ४०४ संवेदनशील


सुदूरपश्‍चिम। सुदूरपश्चिम प्रदेशका एक हजार १६१ मतदान स्थलमध्ये ३५२ मतदान स्थल अति संवेदनशील र ४०४ संवेदनशील छन् ।यस्तै ४०५ मतदान स्थल भौगोलिक तथा सुरक्षाका हिसाबले सामान्य अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको हो ।

३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। सामान्यभन्दा संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको यो प्रदेशमा संवेदनशीलताअनुसार निर्वाचनमा सुरक्षाकर्मी खटाइने जनाइएको छ । तर, सुरक्षाकर्मी के, कसरी र कति सङ्ख्यामा खटाइने भन्ने निक्र्योल कात्तिक ५ गते मात्रै गरिने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ