वीरबहादुर बलायरलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
धनगढी। निर्वाचन आयोगले नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ।कैलाली क्षेत्र नं।४ क मा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रवार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘तपाईँले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरू उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ रु,’ आयोगले बलायरलाई सोधेको छ।
उनलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ।बलायरले बिहीबारको चुनावी सभामा भनेका थिए, ‘नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले रौतहटको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो। हामीले इमानदारीपूर्वक निर्वाचन आयोगको आचारसंहितामा हस्ताक्षर गरेका छौँ। उल्लङ्घन गर्दैनौँ र गर्न पनि दिँदैनौँ। तर, केपी ओलीको इशारामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्छृङ्खल गतिविधि गर्दैछन्।’
तपाईको प्रतिक्रिया दिनुहोस