भागबन्डा मिलाउन गठबन्धनका शीर्ष नेता छलफलमा जुटे

मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सिट बाँडफाँटमा सहमति जुटाउन छलफल


धनगढी – सत्ता गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् । मंगलबार बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सिट बाँडफाँटमा सहमति जुटाउन छलफलमा जुटेका हुन् ।

आजको छलफलमा ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागि छन् ।

पछिल्लो समय गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् । तर, हालसम्म सिट बाँडफाँटमा भने सहमति जुट्न सकेको छैन् । गठबन्धनमा आवद्ध दलहरुले आफ्नो दावी कायमै राखेपछि सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले सबै भन्दा बढी सिटमा दावी गरेकाले सहमति जुट्न नसकेको बताएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ