अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै
धनगढी : अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । गत सोमबारदेखि धनगढीमा २०औँ पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
हाल उनको अवस्था गम्भीर रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार केसीले मुखबाट पानी र नशाबाट रिङगर नदिन लिखित रूपमै भनेकाले पोषण तत्व शरीरमा कमी भएको छ अस्पतालले आइतवार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस