माधव नेपालको पार्टीले थ्रेसहोल्ड पनि कटाउन सक्दैन : एमाले अध्यक्ष ओली


माधव नेपालको पार्टीले थ्रेसहोल्ड पनि कटाउन सक्दैन, प्रचण्ड भनेका राष्ट्रिय समस्या हुन : एमाले अध्यक्ष ओली

पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।

पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने भविष्यवाणी गरेका हुन् । यस भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे ।

‘माधव नेपाललाई के देखेर, किन, कुन कामका लागि भोट दिने?,’ उनले भने, ‘एमालेको सरकार हटाएर काम नलाग्ने भ्रष्ट सरकार बनाइपाम भनेर अदालत गएर परमादेश मागेकाले?’ थ्रेसहोल्डका लागि आवश्यक पर्ने तीन प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए ।  माधव नेपालपछि प्रचण्डप्रति पनि ओलीले उस्तै आक्रामक  गरे।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ