माओवादी अध्यक्ष प्रचण्ड र अध्यक्ष ली चान्शुबीच भेटवार्ता


माओवादी अध्यक्ष प्रचण्ड र अध्यक्ष ली चान्शुबीच भेटवार्ता

काठमाण्डु – नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहेका  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले लीको भ्रमणप्रति खुशी व्यक्त गरे । अध्यक्ष लीको नेपाल भ्रमण चिनिया नेशनल कङ्ग्रेसको अध्यक्षको हिसाबले पहिलो विदेश भ्रमण भएकोले यो भ्रमणले नेपाल चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ