धनगढीमा अटेरी गरेपछि अवैध संरचनामा हटाउन डोजर चलाइयो


धनगढीमा अटेरी गरेपछि अवैध संरचनामा हटाउन डोजर चलाइयो

धनगढी- धनगढीमा अवैध संरचनामा हटाउने अभियान थालिएको छ । आज सोमबार उपमहानगरको वडा नम्बर–५ ले सडक आसपास रहेका अवैध संरचनामा डोजर चलाएको छ ।

सोमबार धनगढीस्थित यातायात कार्यालय रहेको सडक पेटीमा बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको जनाएको छ । वडा कार्यालयले संरचना हटाउन ७ दिने सूचना निकालेको थियो ।

तर, अटेरी गरिएपछि डोजर चलाइएको हो । यातायात कार्यालय अगाडिको सडक पेटीमा अस्थायी खोका, छाप्रा लगायतका संरचना बनाइएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ