संघ गठनभएपछि जथाभावी रुपमा अब घर जग्गा कारोबार गर्न नपाइने


संघ गठनभएपछि जथाभावी रुपमा अब घर जग्गा कारोबार  गर्न नपाइने

धनगढी – कैलालीमा अब गैर कानुनी रुपमा घर जग्गा कारोबार  गर्न नपाइने भएको छ । कैलाली जग्गा तथा आवास विकास संघ गठन भएसंगै सो कारोबार गर्न नपाइने भएको हो । कैलाली जग्गा तथा आवास विकास संघ गठन भएसंगै बिचौलियाले चलखेल गर्न पाउने छैनन् । विगतका बर्षमा बिचौलियाले आफ्नै मन्मर्जीमा घर जग्गा कारोबार  गर्दै आएका थिए । तर अब संघ गठनभएपछि जथाभावी रुपमा घर जग्गा कारोबार  गर्न नपाउने भएको हो ।

घर जग्गा कारोबारमा बिचौलियाले फाइदा उठाउँदै आएकाले बदनामबाट नियन्त्रण गर्न  संघ गठन गर्नुपरेको संघका अध्यक्ष अर्पेन्द्र अवस्थीले बताए । उनले बिचौलियाका कारण घर जग्गा वितरण गर्दा राज्यलाई पनि फाइदा नहुने र किन्ने तथा विक्री गर्नेलाई लाभ नमिल्ने गरेको बताए ।

राज्य तथा जग्गा धनीलाई मर्का नपरोस् भन्ने उद्देश्य लिएर आफूहरु संगठित भएको संघको भनाई छ ।  संघका अनुसार कैलालीमा अहिलेसम्म १५ भन्दा बढी घरजग्गा कारोबारी संगठित भएका छन् । संघ निर्माण भएसँगै जिल्लाभर घर जग्गा कारोबारीकोसंया यकिन हुने अध्यक्ष अवस्थिले बताए ।

संघ गठनभएसँगै जिल्ला प्रशासन, धनगढी उपमहानगरपालिका लगायत अन्य स्थानीय तहलाई पत्राचार गरिएको जनाइएको छ । संघले स्थानीय तह अन्तर्गत वडा कार्यालय, मालपोत कार्यालय लगायत सरोकार निकायलाई पत्राचार गरिएको जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिकाका ४ वडा बाहेक सबैमा जग्गा कित्ताकाट फुकुवा गरिएको छ । चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै उपमहानगरले १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको बुधबार बसेको कार्यपालिका बैठकले जनाएको छ । उपमहानग।पालिकाले थप चार वडासहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको मेयर गोपाल हमालले बताए ।

१९ वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गरेसँगै उपमहानगरपालिका भित्र ६ वडा आवासीय क्षेत्र भएका छन् ।  बैठकले वडा नम्बर २, ३, ५ र ११ लाई आवासीय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिकाका–१ का अध्यक्ष सन्तोश मुडभरीले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ