सिट बाँडफाट कार्यदलले बुझायो प्रतिवेदन, भागबण्डा टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई


काठमाण्डु – सत्ता गठबन्धनद्धारा सिट बाँडफाँटका लागि गठित कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतालाई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलका सदस्य वर्षमान पुनले सिट संख्या भने शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको बताए ।

‘मोटामोटीरूपमा हामीले सबै क्षेत्रमा सहमति कायम गरेका छौं । नमिलेका केही ठाउँमा द्विपक्षीय दाबी छ, त्रिपक्षीय दाबी भने कम छ,’ उनले भने, ‘अब बाँकी रहेका कुराहरू शीर्ष नेताहरूले मिलाउनुहुनेछ ।’ त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ