टीकापुर अस्पतालमा थप ५ जनामा डेँगु


टीकापुर अस्पतालमा थप ५ जनामा डेँगु

टीकापुर- कैलालीको टीकापुर अस्पतालमा थप ५ जनामा डेँगु देखिएको छ । यो संख्या पछिल्लो एकसाता भित्रमा थपिएको हो ।

डेँगुका बिरामीमा ४ टीकापुर नगरपालिका र १ जना लम्कीचुहा नगरपालिकाका रहेका छन् । सह व्यवस्थापक उपेन्द्र शाहका अनुसार उनीहरुको उपचार भैरहेको बताए ।

पछिल्लो केही दिन यता अस्पतालमा डेँगुका बिरामीको संख्या अत्याधिक मात्रामा बढेको छ ।

अझै कतिपय बिरामीहरु उपचारका लागि अस्पताल नपुगेकाले यो संख्या धेरै हुनसक्ने स्वास्थ्यकर्मी बताए । केही व्यक्तिहरु स्वास्थ्य समस्या गम्भिर भएपछि उपचारका लागि नेपालगञ्ज पुगेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख बलबहादुर रावलले बताए  ।

यसअघि टीकापुर अस्पतालमा नौ जनामा डेँगु देखिएको थियो । यो संख्या साउन १ गतेदेखी भदौ १६ गतेसम्मको हो ।

नौ जना मध्ये टीकापुर नगरपालिकाका ३ जना, जोशीपुर गाउँपालिकाका २ जना र जानकी गाउँपालिकाका ४ जना रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ