देशभर थप तीन सय जनामा कोरोना पुष्टि


काठमाण्डु : पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ र दुई हजार ६०९ एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ