पुन: हुबहु राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक


काठमाण्डु – संसद सचिवालयले नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको छ ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको उक्त विधेयक सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर पुनः राष्ट्रपति कार्यालयमा पठाएका हुन् ।

राष्ट्रपति भण्डारीले संशोधन आवश्यक रहेको भन्दै २९ साउनमा नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । त्यसको दुई दिनपछि नै सत्तारुढ गठबन्धन सरकारले नागरिकतामाथि कुनै छलफल नै नगरी विधेयक हुबहु पास गर्ने निर्णय र्गयो । २ भदौमा एकदिन छलफल गरेर सत्तारुढ दलहरुको बहुमत प्रतिनिधिसभाले विधेयक पास र्गयो भने राष्ट्रियसभाले विधायन समितिमा पठाउने औपचारिकता पूरा गरे पनि कुनै संशोधन नगरी पास गरेर सभामुखसमक्ष पठाइदियो । अब राष्ट्रपतिले यो विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ