मनाङ र हुम्लाबाहेक देशमा सबै जिल्लामा डेङ्गु सङ्क्रमण


मनाङ र हुम्लाबाहेक देशमा सबै जिल्लामा डेङ्गु सङ्क्रमण

काठमाण्डु- देशमा ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । जसमा मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गु सङ्क्रम पुष्टि भएको छ ।

यस्तै स्वास्थ्य अधिकारी डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा लागेका छन् । काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ ।

गत जनवरीदेखि हालसम्म नेपालमा ५ हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ । सबैभन्दा धेरै ललितपुरमा एक हजार ८ सय ३२, काठमाडौँमा ८ सय ८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बताए ।

उनले स्वास्थ्य सङ्कटकाल (महामारी)घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ