चुनावी अभियानका लागि कांग्रेसले खटायो सबै जिल्लामा प्रतिनिधि, क-कसले पाए जिम्मेवारी ? (सूचीसहित)


काठमाण्डु – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउँन तीन महिना बाँकी रहँदा मुलुकका साना तथा ठूला राजनीतिक दलहरु चुनावी अभियान सुरु गरेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । चुनावी अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । सोही अभियानका लागि उसले केन्द्रीय प्रतिनिधि खटाएको हो ।

१० भदौदेखि २४ सम्म सञ्चालन हुने अभियानका लागि डोल्पा र हुम्लाबाहेक अरु जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । केन्द्रीय प्रतिनिधिमा चयन भएकाहरु धेरैजसो केन्द्रीय सदस्य छन् । केन्द्रीय प्रतिनिधिमा शीर्ष तहका नेताहरुलाई भने समावेश गरिएको छैन ।

प्रतिनिधिहरुलाई जिल्ला निर्धारण गर्दा सकेसम्म गृह जिल्लाको नजिकको जिल्ला तोकिएको छ । प्रतिनिधिहरुले जिल्लामा पुगेर मातहतका संरचनाको बैठक राखी कार्यक्रम तय गर्नेछन् । जिल्ला समिति, महासमिति प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा लगायत तल्लो तहका संरचनाको बैठक आह्वान गर्नेछन् ।

जनताका समस्या सुन्ने, कांग्रेसले गरेका सुधारका कार्य जनतालाई जानकारी गराउने तथा तालमेलको आवश्यकता बारे नागरिकलाई अवगत गराउने अभियानको उद्देश्य रहेको कांग्रेसले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ