नेकपा माओवादी केन्द्रमा यस्ताे बन्याे पदाधिकारी सूची


काठमाण्डु- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पदाधिकारीको नाम पारित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङसहित पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको एक शिर्ष नेताले जानकारी दिए।

माओवादीकाे महासचिवमा देव गुरुङ चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर चयन भएका छन् । यसैगरी बैठकले उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ।

सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ