शारदाले बाटो नबनाएपछि प्रचण्डमाथि खनिए काठमाण्डौंमा मेयर शाह


काठमाण्डु – काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका छन् । साहले बन्चरेडांडामा फोहोर लिएर जाने सडकको अवस्थामा नाजुग भएको भन्दै दाहालको आलोचना गरेका हुन् ।

यो सडक निर्माणको जिम्मा माओवादी केन्द्रका अध्यक्ष दाहालका घरबेटी शारदा अधिकारीको शैलुंग कन्स्ट्रक्सनले पाएको थियो । अधिकारीले निर्माणको जिम्मा पाएका अधिकांश आयोजना अलपत्र बनाएको भन्दै उनिमाथि कार्वाही हुनुपर्ने आवाज जनस्तरबाट समेत उठेको छ । तर, शक्तिकेन्द्रको दबावमा अधिकारी बच्दै आएका छन् ।

काठमाण्डौंका मेयर साहले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

अधिकारीलाई दाहालको संरक्षण रहेको छ । उनले दाहालकै संरक्षणमा ठेक्कापट्टा लिने गरेको तर समयमा काम भने सम्पन्न नगरेको आरोप छ । अधिकारीविरुद्ध स्थानियले पटक पठक आन्दोलन समेत गरेका थिए । शारदाले नगरकोट सडकखण्ड,पासाङ ल्हामु राजमार्ग र ककनीको बाटो विगत ८ वर्षदेखि अलपत्र पारेका छन् । उनले मलको ठेक्का पाएर समयमै नल्याएपछि किसानको विचल्ली समेत भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ