नागरिकता सम्बन्धमा रास्ट्रपतिको कदम स्वभाबिक : एमाले सचिब भट्ट


नागरिकता सम्बन्धमा रास्ट्रपतिको कदम स्वभाबिक : एमाले सचिब भट्ट

धनगढी –  नेकपा एमाले का सचिब लेखराज भट्ट ले नागरिकता सम्बन्धि रास्ट्रपति को कदम स्वभाबिक भएको बताएका छन् । धनगढी मा प्रेस चौतारी ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता जस्तो बिषय खुकुलो राख्न नहुने बताए ।

उनले भने -” हाम्रो पार्टी नागरिकता बारेमा क्लियर छ ,नागरिकता सजिलै बाँडने कुरो होइन अलि अलि सुधार गर्नुपर्ने कुराहरू छन् रास्ट्रपति ले त्यही गर्नुस् भनेर फिर्ता पठाएका हुन ।”

सचीव भट्ट ले अहिले देशमा दुई धार को राजनीति भैरहेको बताए । काँग्रेस को नेतृत्व मा पुँजिबादी धार र एमाले को नेतृत्व मा समाजबादी धारको धुर्बिकरण राजनीति भैरहेको भट्ट को भनाई रहेको छ । एमाले सुदुरपश्चिमका इन्चार्ज समेत रहेका भट्ट ले एमाले सरकारकोन पालामा सुदुरपश्चिम मा ठुल ठुला बिकास परियोजना को शुरुआत भएको भए पनि त्यसको बारेमा मिडिया मा खासै चर्चा नभएको गुनासो गरे ।

“गेटा मेडिकल कलेज , दोधारी चाँदनी शुख्खा बन्दरगाह ,धनगढी अत्तरिया औधोगिक करिडोर , हरैया औधोगिक क्षेत्र लगाएत का धेरै कामहरु मेरै नेतृत्व मा भएका हुन ।धेरै परियोजनाहरु को डिपिआर को काम सकिएको छ,” सचीव भट्ट ले भने ,” यति धेरै काम हुँदा पनि हाम्रो तिर का मिडियाहरु बेखबर नै हुन्छन् । भएको काम को प्रचार गर्न किन कन्जुस्याइँ गर्नु पर्यो । ”

भट्टले आगामी संघ र प्रदेश को निर्बाचनमा एमाले पार्टी भित्र को आन्तरिक सन्तुलन मिले पार्टी ले बहुमत सिट जित्ने दाबी समेत गरे ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ