७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि


७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडु – पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७ सउ ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ११ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।

यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको स्वास्थ्य तथा जनसंखइा मन्त्रालयले जनाएको छ  ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ