बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका ३ जना झुन्डिएकाे अवस्थामा भेटिए


बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका ३ जना झुन्डिएकाे अवस्थामा भेटिए

बझाङ – बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् । २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए।  मृतक पाँच वर्षीया बालिकाको नाम खुलेकाे छैन ।

गए राति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिए  । घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलतर्फ पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ