नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्नु,विगतमा जारी भएकाको सच्चाउनु : गृह मन्त्रालय
काठमाण्डु – गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ ।
अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले साेमबार विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना र जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस