मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ता आह्वान
काठमाण्डौ- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा लागि चुनावका दल दर्ताको आह्वान गरेको छ । आयोगको आज शुक्रवार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतवारदेखि दल दर्ता आह्वान गरेको आयोगले बताएको छ ।
निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले बताएको छ । सरकारले हिजो बिहीवार आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषण गरेको छ ।
चुनावको मिति घोषणासँगै आजदेखि मतादाता नामावली सङ्कलन कार्य बन्द गरेर चुनावको तयारी तीव्र भईरहेको आयोगले बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस