कैलालीमा बाघको छालासहित ४ जना पक्राउ


धनगढी – कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले  सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउँदै गरेको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले  डोटीको जोरायल गाउँपालिका-२ का जीप चालक समिर ओली,  कैलालीको चुरे गाउँपालिका-६ बस्ने टेकबहादुर रावत, धिरेन्द्र रावत  र बैतडीको डिलासैन गाउँपालिका-२ राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरू बाँधेको अवस्थामा बरामद गरिएको छ । डीएसपी जोशीकाअनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडरबाट बोलेरो जिप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाको सहमतिमा  अत्तरियातर्फ आएको बुझिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ