नागरिकता विधेयक खारेज गर्ने पाँच पार्टीले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझायो
काठमान्डु- नागरिकता विधेयक खारेजीको माग गर्दै पाँच वटा वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेकपा (बहुमत) का कञ्चन, नेकपा (मसाल) का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्माले संयुक्त रुपमा राष्ट्रपति भण्डारीलाई विधेयक खारेजीको माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । ‘
हाल राष्ट्रपतिज्यू समक्ष प्रमाणीकरणका लागि भनि जुन विधेयक प्रस्तुत भइरहेको छ, त्यसले दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रवन्ध र प्रावधानसँग पनि कुनै तादम्यता राख्दैन’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसैले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतासँग अभिन्नरूपमा गाँसिएको यो विधेयकलाई संसद्का दुवै सदनबाट फाष्ट ट्रयाकबाट पारित गरी सरकारद्वारा महामहिम राष्ट्रपतिज्यूको प्रमाणीकरणका लागि पठाइएको छ ।
यो विधेयक संसद्ले मात्र पारित गरेर पुग्दैन । यसका निमित्त सर्वपक्षीय सहमति आवश्यक छ ।’उनीहरुले यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र अन्तिम रूप दिन संसद्मा नै फिर्ता पठाउन माग गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस