कैलालीमा जग्गाको नापजाँच प्रक्रिया सुरु


कैलालीमा जग्गाको नापजाँच प्रक्रिया सुरु 

अत्तरीया- कैलालीका पाँच स्थानीय तहले जग्गा नापजाँज प्रक्रिया सुरु गरीसकेको छ ।  भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच प्रक्रिया अघि बढाएका छन् ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँचको कामलाई अघि बढाएको हो ।

ती स्थानीय तहमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि आयोग र स्थानीय तहले कर्मचारी खटाएको भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए । उनले साउन महिनाभित्र केही वडामा लालपुर्जा वितरणको काम सुरु हुने जनाउनुभयो । भूमि आयोगले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निःशुल्क जग्गाधनी प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

पाँच वटै पालिकामा एकसाथ काम थालिएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ