सार्बजनिक जग्गा प्रकरण: सर्बदलिय टोलीले प्रधानमन्त्री देउबा र माओबादी अध्यक्ष प्रचण्डलाई भेट्यो


धनगढी – कैलालीको गोदावरी नगरपालिका भित्र को केही सार्बजनिक जग्गा नेपाली सेनाले लिने भएपछि त्यसैलाई फिर्ता गराउन काठमान्डौ गएको सर्बदलिय टोलीले प्रधानमन्त्री शेर बहादुर देउबा र  माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई भेटेको छ ।

भेटका क्रममा दुबै जनाले  सकारात्मक प्रतिकृया दिएको टोलीमा सहभागी माओबादीका नेता मेघराज भट्टले बताए । उनका अनुसार प्रधानमन्त्री देउबाले समस्याको समाधानको लागी आफ्ना स्वकिय सचिब मार्फत रक्षा सचिबलाई त्यसबारे बुझ्न भनेका छन् । गोदावरी नगरपालिकाको अगुवाईमा सबै पार्टी सम्मीलित टिम काठमाडौ अहिले काठमान्डौमा रहेको छ ।

नगरपालिकाका मेयर बिरेन्द्र भट्टले केही दिन अघि सबै पार्टीका स्थानिय नेताहरु सँग छलफल गरेर काठमान्डौ जाने प्रस्ताब राखेका थिए । त्यसपछि टोली १४ गते काठमान्डौ गएको थियो ।

अत्तरिया बसपार्क सहित पश्चिमतिरका ६१ घरधुरी र ठूलो क्षेत्रफलको जमिन नेपाली सेनाले अब भोगचलन गर्ने तयारी गरेको छ । उक्त जमिन सेनालाई कुनै पनि हालतमा दिन नहुने पक्षमा स्थानिय सरकार लागेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ