प्रहरी अस्पताल अब धनगढीमा पनि खुल्यो


प्रहरी अस्पताल अब धनगढीमा पनि खुल्यो

धनगढी-धनगढीमा पनि प्रहरीले अस्पताल सन्चालनमा ल्याएको छ ।  सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको हो ।धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र उक्त अस्पताल खोलिएको हो।

प्रदेश प्रहरी कार्यालयले दिपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो। सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले अस्पतालको सोमाबार नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका छन्।  उक्त अस्पतालले आजैबाट सेवा सुरु गर्ने बताइएको छ।

विशेषज्ञसहितको सेवा दिने उक्त अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको प्रहरीले बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ