सुदुरपश्चिम प्रदेश सभाको बैठक स्थगित


सुदुरपश्मि प्रदेश सभाको बैठक स्थगित 

धनगढी –  सुदुरपश्चिम प्रदेश सभाको बैठक स्थगीत भएको छ । आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।

सूचना टाँस गर्दै साउन १८ गतेसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले बताएको छ । देशका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रस्ताव गर्ने कार्यसूची रहेको थियो । प्रदेश सभा सदस्य मालामति रानाले प्रदेश सभामा बिजनेश नहुँदा स्थगित भएको जनाएकी छन् । उनले सरकारले सभालाई बिजनेश दिन नसकेका कारण बैठक स्थगित भएको भन्दै बिजनेश दिन नसक्नु सरकारको कमजोरी रहेको आरोप लगाइन् ।

पदाधिकारी र सदस्यहरुको सेवा सुविधामा सांसदहरुको असहमति रहँदै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ