कारोना संक्रमण बाट २ जनाको मृत्यु


कारोना संक्रमण बाट २ जनाको मृत्यु

काठमाडु – पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ८८ नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५६ पुगेको छ । आज ९५ जना संक्रमित निको भएका छन् ।

हालसम्म ९८.५ प्रतिशत संक्रमित निको भइसकेका छन् भने हाल देशभर ३ हजार १७७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ