नेपाल-भारतबीचको सम्बन्धले नयाँ उचाई लिनेमा विश्वस्त छु : भारतीय नवनिर्वाचित राष्ट्रपति


काठमाण्डु – भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतबीचको सम्बन्धले नयाँ उचाइ लिनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति मुर्मूले प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको बधाई सन्देशलाई ट्वीटमार्फत प्रतिकृया दिँदै यस्तो अभिव्यक्ति दिएकी हुन् । ‘नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु’, उनले लेखेकी छिन् ।

प्रधानमन्त्री देउवाले हिजो ट्वीटरमार्फत भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई व्यक्त गर्दै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा थप उचाइमा पुग्ने कुरामा आफू विश्वस्त रहेको बताएका थिए ।

द्रौपदी मुर्मू बिहीबार मात्रै भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ