काठमाण्डु – नेपाली काँग्रेसले संघीय चुनावमा पनि पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
उक्त बैठकले चुनावी तालमेलका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने निर्णय गरेको निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको छ ।