एआईजी पोखरेलद्वारा राजीनामा
काठमाडौँ : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंह मार्फत पोखरेलले महानिरीक्षक धिरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन्।
महानिरीक्षक सिंहले पोखरेलको राजीनामा गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस