अध्यक्ष प्रचण्डः भाजपाका शिर्ष नेताहरु उच्च स्तरिय भेटघाट
भाजपा अध्यक्ष जेपि नड्डा ज्युको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सदभावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ। पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण पार्टी टु पार्टी सम्बन्ध विकासका लागि महत्त्वपूर्ण रहेको छ भने दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि पनि फलदायी बनेको छ। भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउनु भएको छ। भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ।
भारत भ्रमणमा रहनुभएका हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा भाजपा विदेश बिभाग प्रमुख बिजय चौथाईवाले र विदेशमन्त्री जयशंकर पनि सहभागी हुनुहुन्थ्यो।
तपाईको प्रतिक्रिया दिनुहोस