सरकारको बेरुजु रकम मात्रै ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख


काठमाडौं : सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यो तथ्यले सरकार वित्तीय अनुशासनहीनता देखिएको छ ।

महालेखापरीक्षक कार्यालयले बुधबार ५९औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रहेको आंैल्याएको हो । महालेखा परिक्षक टंकमणि शर्मा दंगालले बुधबार ५९ औं प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ