देउवा सरकारमा अर्का गैरसांसद मन्त्रीको ‘इन्ट्री’, को हुन् शेरबहादुर कुवँर ?


काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका हुन् ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । आज थपिएका मन्त्रीमध्येका एक शेरबहादुर कुँवर गैरसांसद हुन् ।

अछाम घर भएका कुवँर यसअघि राष्ट्रियसभा सदस्य थिए । गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेर उनी सांसदबाट हटेका थिए । योसँगै देउवा क्याबिनेटमा दुई गैरसांसदको इन्ट्री भएको छ, दुवै जना माधव नेपालको पार्टीका मन्त्री हुन् । यसअघि देउवाले कानुनविद् समेत रहेका गैरसांसद गोविन्द बन्दीलाई कानुनमन्त्री बनाइसकेका छन् ।

नेपालको संविधानले सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ । प्रधानमन्त्री देउवाले ६ महिनापछि मंसिरमा प्रदेश र संघीय निर्वाचन गर्नेगरी गैरसांसदलाई मन्त्री बनाएको समाजवादीका नेताहरु बताउँछन् । यसअघि गैरसांसदलाई मन्त्री बनाउन लागिएको भन्दै पार्टीभित्र विरोध भएको थियो ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सिफारिस अनुसार रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा र कृष्ण श्रेष्ठलाई फिर्ता बोलाइएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ