पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल, डाेटीकाे अनुराेध


खोरेत रोग गाई, भैसी, बंगुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग हो । खोरेत रोग लागेको जनावरसंग सम्पर्क भएमा वा दुषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रुपमा फैलने गर्दछ । रोगको असर लामो समय सम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरुको समुहमा रोगले असर गर्ने प्रतिशत झण्डै १०० हुन सक्दछ । स्थानीय बयस्क गाई, भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् ।

खोरेत रोगको लक्षण
१‍ ज्वरो आउने, र्याल चुहाउने, लंगडाउने ।
२‍ दुधालु गाई, भैसीको दुध उत्पादन घट्ने ।
३ मुख र खुरको कापमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोकाहरु देखिने हुन्छ ।
४‍ ब्याउने पशुहरु तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्न सक्दछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ