हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष


हुम्ला – हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । निर्विरोध निर्वाचित भएँसगै उनी सिंगो जिल्लाबाटै महिला वडाअध्यक्ष हुने पहिलो महिला बनेकी छन् ।खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्यले बताए । उनका अनुसार दुुई जनाले शनिवार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि आज शाहीलाई निर्विरोध वडाअध्यक्ष घोषणा गरिएको हो । खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए ।माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो । एमालेका उम्मेदवारले भने आफै फिर्ता लिएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ