निर्वाचन अपडेट : देशभर ८२ हजार २ सय १० जनाको उम्मेदवारी दर्ता


 

काठमाडौं ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सबैभन्दा धेरै मधेश प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेश १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएका छन् ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ