सीमा विवादबारे भारतको पुरानै अडान


 नेपालसंगको सीमा विवादबारे भारतले पुरानै अडान दोहोर्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको चुनानी सभालाई सम्बोधन गर्दै लिपुलेकमा २०२२ सम्म पक्की सडक बनाउने तयारी भएको अभिव्यक्ति दिएपछि फेरी विवाद बढेको थियो । नेपाली भुमि लिपुलेकको बारेमा भारतिय प्रधानमन्त्री मोदीले नै विवादस्पद अभिव्यक्ति दिएपछि त्यसको नेपालमा चर्को विरोध भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा एमालेले समेत मोदीको अभिव्यक्तिको विरोध जनाएपनि सरकारको तर्फबाट भने कुनै आधिकारीक धारणा सार्वजनिक भएको छैन ।

भारतीय दूतावासले शनिबार प्रेस नोट जारी गर्दै नेपालसंगको सीमा विवादबारे आफ्नो अडान यथावत रहेको जनाएको छ । विज्ञप्तिमा त्यसबारेमा भारत सरकारले नेपाल सरकारलाई जानकारी गराइसकेको दावी गरिएको छ ।

दूतावासको विज्ञप्तिमा भनिएको छ ‘सीमाको यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भैरहेको छ । बांकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिन्छ । ’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ