रुसी आक्रमणको ४२ दिनः युक्रेनको अवस्था कस्तो छ ?


एजेन्सी – युक्रेनमा रुसको आक्रमणको ४२ दिन पूरा भएको छ । अहिलेसम्म के-के भयो ?

डोनबास, पूर्वी युक्रेन

पूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने डरले हजारौं मानिसहरू डोनबासबाट भाग्न खोजिरहेका छन्।

युक्रेनी अधिकारीहरूले पनि हमला नबढेसम्म यहाँका सर्वसाधारणले यसलाई अवसरका रूपमा लिएर यहाँबाट छाड्न आग्रह गरिरहेका छन् ।

डोनेट्स्क र लुहान्स्क सम्मिलित सम्पूर्ण डोनबास क्षेत्रलाई नियन्त्रण गर्न रुसी सेनाले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास सुरु गरेको छ ।

अमेरिकाले पूर्वी भागमा आफ्नो सैन्य कारबाही बढाउन रुसले अब किभ र चेर्निहाइभबाट आफ्ना सेना फिर्ता गरेको बताएको छ ।

बाँकी युक्रेनको अवस्था के छ ?

स्थानीय अधिकारीका अनुसार होस्टोमेल क्षेत्रबाट चार सयभन्दा बढी व्यक्ति बेपत्ता भएको खबर आएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बिहान रुसमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई ‘धेरै कमजोर’ भनेका छन् ।

उनले ‘यस्ता हल्का प्रतिबन्धहरूले आक्रमणकारीलाई आफ्नो आक्रमण जारी राख्न अनुमति दिएको’ बताए।

युक्रेनको बारेमा विश्वमा के भइरहेको छ ?

अमेरिकाले रुसी राष्ट्रपति पुटिनका छोरीसहित निकटका व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

बेलायत र अमेरिकाले रुसको सबैभन्दा ठूलो बैंक स्बरबैंकको सम्पत्ति जफत गरेका छन्।

युरोपेली संघका नेताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा पनि विचार गरिरहेका छन्।

यसमा रूसबाट कोइला आयातमा प्रतिबन्ध पनि समावेश छ, तर केही वरिष्ठ नेताहरूले भने, ‘तेल र ग्यासमा प्रतिबन्ध पनि आवश्यक छ।’

रुसका राष्ट्रपतिले भनेका छन्, ‘प्रतिबन्धहरू आफ्नो देशले स्वतन्त्रताको लागि तिर्नुपर्ने मूल्य हो।

पोप फ्रान्सिसले युक्रेनको बुचा सहरमा भएको नरसंहारको निन्दा गरेका छन् । तर, रुसले यी आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को रुसको सदस्यता कायम राख्ने वा नराख्ने भनेर संयुक्त राष्ट्रसंघले बिहीबार मतदान गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ