पेट्रोलियम व्यवसायीका माग पुरा गर्न आयल निगम सहमत : भोलिबाट आपूर्ति सुचारु हुने
काठमाडौं । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका कार्यक्रम शनिवारबाट फिर्ता लिएका छन् । नेपाल आयल निगमसँग चार बुँदे सहमति भएपछी उनिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले राखेका मागहरु ७ दिनभित्र उचित निष्कर्ष निकालिने सहमति निगमसंग भएपछी आन्दोलन फिर्ता लिने सहमति बनेको हो ।
दुवै पक्षबीच भएको सहमतिअनुसार पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालय आइतवार बिहान ८ बजेदेखि नै सञ्चालन हुने भएका छन्।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक हप्तादेखि आन्दोलनमा थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस