विवेकशील साझामा विवाद चर्कियाे, रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोध्ने असन्तुष्ट पक्षको निर्णय


काठमाडौं । विवेकशील साझा पार्टीका संयाेजक मिलन पाण्डे नेतृत्वको असन्तुष्ट समूहको बैठकले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ । आज बसेको असन्तुष्ट केन्द्रीय सदस्यहरुको बैठकले यसअघि अध्यक्ष मिश्रले एकलौटी ढंगबाट गरेको निर्णय खारेज गर्ने र उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।९० भन्दा बढी सदस्य मिश्रलाई स्पष्टीकरण माग्नुपर्ने पक्षमा रहेको संगठन विभाग प्रमुख निर्देश सिलवालले जानकारी दिए । ‘हामीले बोलाएको बैठकमा ९० जनाभन्दा बढीको उपस्थित थियो । ४० जना भौतिक र ५० जना अनलाइनमार्फत जोडिनुभएको थियो,’ उनले भने, ‘‘९० जना केन्द्रीय सदस्यहरु मिश्रलाई स्पष्टीकरण माग्नुपर्ने पक्षमा हुनुहुन्छ । उहाँले एकलौटी ढंगबाट गरेको निर्णय खारेज गर्ने र उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेका छौं,’ उनले भने ।असन्तुष्ट समूहको बैठकको निर्णय लिएर सिलवालसहितको टोली अहिले निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगमा उनीहरुले आफूहरुले पार्टीको आधाकारिक केन्द्रीय कमिटिबाट उक्त निर्णय गरेकाले सदर गरिदिन माग गरेका छन्

आइतबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगको एकताबारे स्पष्ट नपारेको र प्रदेशका संयोजकहरु एकलौटी रुपमा तोकेको भन्दै अधिकांश केन्द्रीय सदस्यहरुले विरोध जनाएका थिए । त्यसको प्रतिक्रियासहित सोमबार बिहान असन्तुष्ट समूहले छुट्टै बैठक डाकेका थिए । १५३ केन्द्रीय सदस्यमध्ये ९० जनाबढी रविन्द्र मिश्रको विपक्षमा उभिएको उनीहरुको दाबी छ ।विवादका बीच आइतबार केन्द्रीय समितिको बैठकमा अध्यक्ष मिश्रले प्रदेशमा २ धनपति महतो, बागमती प्रदेशमा सञ्जीववल्लभ भट्टराई, गण्डकीमा सुशीला केसी अधिकारी र अन्तर्राष्ट्रिय सद्भाव समितिमा एसके श्रेष्ठलाई संयोजक तोक्ने निर्णय सुनाएका थिए । उक्त नामहरुप्रति नै अधिकांश केन्द्रीय सदस्यहरुले असहमति राखेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ