सम्पन्नता पहुँच ब्यक्ति, समाज र राष्ट्रका लागि लड्नु अवश्य राम्रो हो


– सम्पन्नता पहुँच ब्यक्ति, समाज र राष्ट्रका लागि लड्नु अवश्य राम्रो कुरा हो, तर पैशा कै लागि सम्पन्न हुनकै लागि “म पात्र” हुन खोज्नु जीवनलाई अनुभव गर्नबाट वञ्चित र मुर्त्युलाई रोज्न जानु हो ।

एउटा साहित्यकार र कथाकार मातृका रूपमा चिनिने डीएच लरेन्सले लैगिङ्क विभेद र आफ्नो जेनेरेशन लाई दिने स्नेहा माया ममता र छताछुल्ल पैसा र सामाजिक हैंसियतको कहिल्यै अन्त्य नहुने लोभको सम्बन्धलाई विगार्छ र परिवारका सदस्यहरुको मायामा छाया ल्याउँछ र यसले केही फरक बाटो देखाउन सक्छ भने नितान्त लाई स्वीकार गरेका छन ।

सन् १९२६ मा डीएच लरेन्स द्वारा प्रकाशित रकिङ हर्स विजेतालाई आधुनिकतावादी गद्यको उदाहरण मानिन्छन । यो बढ्दो चरित्रा माथी उपभोक्तावाद, समाज प्रतिको विश्वास र माया प्रतिको चाँसो हो र भौतिकवाद र अङ्ग्रेजी मानिसहरुको स्नेह-कम अभिभावक शैलीप्रति उनको घृणा पनि हो । अहिले पनि समाज मा त्यही परिवेश का मान्छे छन। जुन बिना स्वार्थ सेवा गर्न योग्य हुने, त्यहि शैली प्रतिको उनका घृणा हो ।

यो अहिलेका जेनरेशनमा पनि छ र यसरी कथा प्रतीकवादका यन्त्रहरु प्रयोग गरेर प्रेमको मूल्य गर्नू र पैसाको खतराहरुमा नैतिकता दिनु यो एउटै विडवनापूर्ण स्वर प्रस्तुत गर्नू हो । नायक, म पात्र, आफ्नो आमालाई खुशी पार्न र भाग्यशाली भएर उनको माया र ध्यान प्राप्त गर्नको लागि, व्यर्थ भए पनि कडा प्रयास गर्नु उनको लागी मृत्यु रोज्नु हो । उनको लागि, भाग्यशाली हुनु भनेको धेरै पैसा राख्नु हो ।

त्यसैले उनले आफ्नो वृत्तिको प्रयोग गरेर आउने काठको रकिङ घोडामा पागलपनको रुपमा सवारी गर्नुपर्छ र दौडमा जित्ने घोडाको नाम थाहा पाउनु पर्छ भने उनको जीवन को यात्रा खोज्नु हो । उनकी मामाले सहयोग दिएर घोडामा बाजी लगाउँछ र पैसा जम्मा गर्न थाल्छ भने सोचाइ नै एउटा उत्कृट गन्तब्य थियो र गोप्य रुपमा म यो कुरा आमालाई पठाउँछ भने विचार नै फरक थियो र उनले आफ्नी आमाको अनुहारमा इच्छित खुशी पाउन सक्दैन किनकि उनी धेरै चाहन्छिन् मेराे छोरो जन्मियो जर्मिए पछि आफ्नो खुटामा आफैं उभिन सक्नु पर्छ भने उनकी आमा ले चाहेकी हुन्छन्। उसले पटक पटक कडा प्रयास गर्छ। उसले बाजी जिल्छ, तर उसले ठूलो मूल्य तिर्नु पर्छ ।

यस कथाले ती सामाजीक समस्यामा परेका मानिसहरुको आलोचना गर्दछ जसले प्रेमलाई पैसा र भाग्यलाई खुशीसँग बराबरी गर्छ। यहाँ आमा अतृप्त इच्छाहरुको लागि खडा छ र छोरा, पल, नगद संस्कृतिमा मूल्यहरुको लागि हताश खोजको लागि खडा छ । दुखद कथाको माध्यमबाट लेखकले एक विषयवस्तु विकास गर्दछ, त्यो हो पैसा र सामाजिक स्थितिको लागि चरम इच्छा अन्तत विनाशमा जान्छ, सम्बन्ध र नैतिक मूल्यहरुको विनाश लरेन्सले कथामा विषयवस्तु पूरा गर्न प्रतिकहरु र सम्बन्धहरु प्रयोग गर्छन् । उसले “काठको ढल्ने घोडा” र “फुसफुसाउने” को प्रतिक प्रयोग गर्दछन ।

“काठको ढल्ने घोडा” ले अलौकिक अर्थलाई प्रयोग गर्दछ । यो त्यो ठाँउ हो जहाँ पलले दौडमा जित्ने घोडाको नाम भविष्यवाणी गर्न सक्छन् । जहाँ उसले आफूलाई हराउँछ र भविष्यको पूर्वानुमान गर्ने असाधारण शक्ति प्राप्त गर्दछ । म पात्र आफ्नो सामाजिक हैसियत उकास्न कटिबद्ध छन् र उसले विजेताहरु खोज्नुपर्छ । त्यसैले उनी भन्छन, “अब मलाइ जहाँ भाग्य छ त्यहाँ लैजानुहोस तर दुखको कुरा, शारिरिक र मनोवैज्ञानिक दुवै पक्षमा चरम दबाब दिएर उनको मृत्यु भएको देख्न सकिन्छ घरमा “कानाफूसी” “धेरै पैसा हुनुपर्छ ।” समाजको माथिल्लो वर्गमा बाँच्ने इछाहरुको प्रतीक हुनुपर्छ भने त्यो मानवता माथी को हक अधिकार लाई हवन गरेको पाइन्छ ।

म पात्रकी आमा सधैँ धेरै पैसा नभएको वा विवाह पछि अभागी भएकोमा गनगन गर्छिन् । त्यसैले पलले आफ्नी आमालाई खुसी र सन्तुष्ट बनाउन थप दबाब महसुस गर्छन् । तर उनको सबै प्रयास व्यर्थ जान्छ । उहाँकी आमा कहिल्यै खुसी हुनुहुन्न किनभने उहाँ अझ धेरै चाहनुहुन्छ । माटकी सम्बन्धको प्रयोगको साथ लरेन्सले कथाको विषयवस्तुलाई संकेत गर्दछ । पैसा र सामाजिक हैंसियतको कहिल्यै अन्त्य नहुने लोभको सम्बन्धलाई विगार्छ र परिवारका सदस्यहरुको मायामा छाया ल्याउँछ ।

म पात्रकी आमालाई पैसाको भोक छ । उनी आफूलाई भाग्यमानी ठान्छिन् तर पलको बुबासँग विवाह गरेपछि उनी अभागी भइन् र उनी आफ्नो प्रतिसँग खुसी नभएको स्पष्ट उल्लेख गर्छिन । यस्तो पारिवारिक पृष्ठभूमि भएको पल भाग्यशाली हुन चाहन्छन् र उहाँ भाग्यशाली हुनु भनेको पैसा हुनु हो । उनी भाग्यशाली भएर आमाको माया र ध्यान पाउन चाहन्छन् । यस खोजमा उसले आफैलाई हराउँछन । उसले आमाको लागि केही पैसा कमाउँछ, तर आफ्नो जीवन बर्बाद गर्दछ । आमाको भाग्यमानी भउको नाउँमा छोराले आमाबाट सदाको लागि टाढा हुन्छ ।

आमाले पनि माया र पारिवारिक बन्धन भन्दा पैसा र हैसियतलाई उच्च मूल्य दिनुहुन्छ आमाको लागि धेरै पैसा भए सम्बन्ध बलियो हुन्छ । बुबा आमा छोराका यी सबै सम्बन्धहरुको पैसा र सामाजिक पदको लोभले प्रेम जीवन र सुखलाई नष्ट गर्छ भन्ने विषयलाई रुपमा चित्रण गरेको छ ।

यो घटनालाई लिएर चर्चिलले भनेका छन्- ‘जितको अगाडि सिद्धान्त जितको यसरी परिमार्जित भयो, पैसाका लागि यहाँ देश बेचिन्छ, इमान बेचिन्छ, परिवार छिन्नभिन्न हुन्छ, साथीभाइ अलग हुन्छन्, मान्छेहरू मारिन्छन् र मानिसहरू पैसाको दास बन्छन्, बनिरहेका छन् आफ्नै आमाले आफ्नो छोरो गुमाएको त थाहा भएन अनि यहाँ देश र समाजको चिन्ता कसलाई हुन्छ होला र ?

हो, जिन्दगी बाँच्न पैसाका लागि काम गर्दागर्दै मानिसहरू जिन्दगी बाँच्नै नपाइ मर्ने गर्छन् कतै जितको सामु त कतै हार को सामु खेल मा जीत र हार अवस्य नै हुन्छं तर सबै ठाउँ मा स्वार्थ हेरिँदैन। मानिसका आधारभुत आवश्यकता पूरा गर्न पैसा चाहिन्छ तर हार होइन । जब आधारभुत आवश्यकताहरू पूरा हुन्छन् पहिलाभन्दा स्तरीय जीवन बाँच्नका लागि पैसाका पछाडि दौडिन्छन् ।

प्राप्तिको कुनै सीमा हुँदैन, त्यही असीमित चाहनाका पछाडि दौडँदा दौडँदै जिन्दगीको यात्रा टुङ्गिन्छ या नटुङ्गिए पनि हलचल गर्नै नसक्ने अवस्थामा पुग्छ । पैसा कमाउनकै लागि मानिसले प्रकृतिले सित्तैमा दिएका कति कुराहरू राम्ररी उपभोग गर्नै पाउँदैन् । जाडो महिनामा आनन्दले घाम ताप्न पाउँदैन, गर्मी महिनामा शितल छहारीमा बस्न पाउँदैन । उफ्.. गर्दै उकुसमुकुस जिन्दगीका बीच आनन्दसँग सास फेर्न पाउँदैन । विभिन्न विषयमा चिन्तन गर्ने मानिसहरू पनि पैसा कमाएर जिन्दगी धान्ने झमेलामा फसेर चिन्तन-मननबाट टाढा हुन पुग्छन् ।

सिर्जना गर्ने मान्छेले आफूले चाहेजसरी निर्धक्क सिर्जना गर्न पाउँदैन । सिर्जनशील मानिसका लागि पैसा कमाउनका लागि समय खेर फाल्नु निकै दुःखलाग्दो कुरा हो । तर ब्यवहारिक आवश्यकताले कस्ता-कस्ता महान् आत्माहरूलाई समेत हातमुख जोड्ने कामका लागि अमूल्य समय खेर फाल्न बाध्य पारिदिएको छ । तथापि, पैसा कमाउनुलाई नै आफ्नो जिन्दगीको सबैभन्दा ठुलो सफलता ठान्ने मानिस यो संसारमा धेरै छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ