सुदूरपश्चिम महोत्सव सुरु, प्रदेश सरकारलाई एक सूत्रीय माग


धनगढी ।   कैलालीको धनगढीमा १५औँ सुदूरपश्चिम महोत्सव हिजो देखि सुरु भएको छ। उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । सो अवसरमा आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले यस पटक सुदूरपश्चिम सरकारलाई एक सूत्रीय माग राखेको छ ।

विगतका वर्षहरूमा थुप्रै मागहरू राखे पनि त्यसको कुनै सुनुवाइ नै नहुने भएकाले पनि यस वर्ष धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एउटा मात्रै माग प्रदेश सरकारलाई राखेको सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताए ।विगतका वर्षहरूमा सङ्घीय प्रहरी कार्यालय कैलालीको मैदानमा हुँदै आएपनि यस वर्ष भने धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लागेको हो । राति ८ बजेसम्म सञ्चालन हुने महोत्सव महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।

हरेक वर्ष मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म आयोजना हुने महोत्सव कोभिड-१९ का कारण विगत दुई वर्षदेखि हुन सकेको थिएन । २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य सङ्घले मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म महोत्सवको आयोजना गर्दै आइरहेकोमा कोभिड-१९ का कारण यो पटक चैत्र १० देखि २० गतेसम्म आयोजना गरिएको सङ्घका अध्यक्ष कुँवरले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ