स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने
काठमाडौं । स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको निर्वाचन आयोगले बताएको छ ।बिहिबार पत्रकार सम्मेलनमार्फत आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने बताएका हुन् । उनका अनुसार मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको छ ।
‘स्थानीय तह निर्वाचनका लागि करीब एक करोड ७७ लाख मतदाता छन्’ अर्यालले भने,‘मतदाताका अतिरिक्त १५ प्रतिशत जति थप मतपत्र छाप्नुपर्ने हुन्छ।’निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस