संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनका विषयमा पुनः मतदान गर्ने


न्युयोर्क – संयुक्त राष्ट्र संघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्दैछ । महासभाका प्रवक्ताका अनुसार युक्रेनमा रुसको विशेष सैन्य कारबाही शुरु भएयता यो दोस्रो यस किसिमको प्रस्ताव हो ।

महासभाको ११ औं आपतकालीन विशेष सत्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले पुन: शुरु गर्न अनुरोध गर्ने पत्र प्राप्त गरेपछि आयोजित हुनेछ । प्रवक्ता पाउलिना कुबियाकले एक इमेलमा पत्रकारहरूलाई सम्प्रेषण गरेअनुसार युक्रेन र अन्य सदस्य राष्ट्रहरूद्वारा प्रायोजित मस्यौदा प्रस्ताव पेश गरिएको छ र छलफलको प्रक्रियामा छ।कूटनीतिक स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको नयाँ मस्यौदा प्रस्तावमा मानवीय अवस्थालाई केन्द्रित गर्दै नागरिक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष आह्वान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ