राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । रेल जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा दिनमा एक पटक चल्ने छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ