मन्त्रालय हेरफेरबारे छलफल भइरहेको छ : अध्यक्ष प्रचण्ड
काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँगको काराकानीमा प्रचण्डले सत्ता गठबन्धनभित्र हाल केही मन्त्रालय हेरफेर गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।
‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ । तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन् । छलफल मात्रै भइरहेको हो । ’ प्रचण्डले भने । त्यसैगरी उनले मन्त्री मण्डलमा हेरफेर भयो भने आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो हैसियत अनुसारको मन्त्रालयको माग गरेको बताएका छन् ।
उनले आफूहरुले माग गरे अनुसारको मन्त्रालय दिन प्रधानमन्त्री देउवा सहमत भएको पनि दाबी गरे । उनले भने। ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमति पनि हुनुहुन्छ ।’ प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुसँग आफ्नो कुराकानी भइरहेको दावी गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस