सरकारले इन्धनको मूल्य बढायो, पेट्रोलको मूल्य १५५ पुग्यो


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । निगमको संचालक समितिको बुधबार बसेको बैठकले आज मध्यराती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयां बढाएको हो ।अव पेट्रोल नयाँ खुद्रा मूल्य रु १५५ र मट्टितेल र डिजेलको १३८ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर रु १५ रुपैयाँले बृद्धि भएर १५१ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २ सय डलर बृद्धि गरी नयाँ बिक्री मूल्य प्रति कि.लि.अमेरिकी डलर १,४९५ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको निगमले जनाएको छ । भारतिय आयल निगमले यसअघि नै मूल्य बढ्ने जानकारी दिएको निगमको भनाई छ ।

घाटा थेग्नै नसक्ने भएपछी मुल्य बढाउनु परेको आयोगको दावी छ । मूल्य समायोजन भएपछी घाटा १ अर्ब कम हुने आयोगले अनुमान गरेको छ । तर, सरकारले इन्धनको मूल्य लगातार बृद्धि गरेसंगै जनस्तरबाट त्यसको विरोध समेत भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ