माओवादी अध्यक्ष प्रचण्ड कार्यकर्ता प्रशिक्षणमा धनगढी आउदै

चुनावी सरगर्मिले प्रचण्ड प्रशिक्षणमा धनगढी


काठमाडौँ  l  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यहि फागुन ३० गते कार्यकर्ता प्रशिक्षित गर्न धनगढी  आउन लागेका हुन् । पार्टी केन्द्रीयकमिटीकाे बैठक पश्चात् सम्पूर्ण शक्ति चुनाव केन्द्रीत गर्ने रणनीति सहित देशभरि पार्टीका जनबर्गिय संगठनका भेला, सम्मेलन र प्रशिक्षण भइरहेका छन ।नेपाली क्रान्तिका नायक अध्यक्ष कमरेड प्रचण्डकाे प्रमुख आथित्यमामा हुने सुदुरपश्चिम प्रदेश स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उपस्थितिका लागि प्रदेश सचिव जनकबहादुर बुढाले अनुराेध गरेका छन् । उनले भनेका छन – प्रशिक्षणमा केन्द्रीय सदस्य, केन्द्रीय आयाेगका सदस्य,जेष्ठ कम्युनिस्ट मन्चका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार,केन्द्रीय बिभागमा सदस्यहरुलाई उपस्थितिका लागि सादर अनुरोध गरिन्छ ।

साथै प्रशिक्षण भेलामा प्रदेश सदस्य,जिल्ला समन्वय समितिका सदस्य,पालिकानिर्वाचित प्रमुख/ उप प्रमुख, वडा अध्यक्षहरु र जबस माेर्चाका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरुकाे उपस्थितिका लागि अनुरोध गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ