कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियान, घरदैलोमा प्रतिनिधि खटाउन देउवाको निर्देशन


काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्ने भएको छ । त्यसका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटाउने तयारी गरेको हो ।पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन निर्देशन दिएका छन् । मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्र्रीय कार्यालयमा पार्टीका नेताहरूसँगको छलफलपछि देउवाले फागुन २९ देखि स्थानीय तह केन्द्रित सबै जिल्लामा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । ०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुँदैछ ।

केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले छलफलमा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको जानकारी दिए । उनले जिल्लामा खटिने प्रतिनिधिहरुको नाम भने भोलि सार्वजनिक गरिने बताए ।पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका छन् । कांग्रेसले स्थानीय निर्वाचनको तयारीसँथै अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने अभियान सुरु गर्ने भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ